अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्ने सरकारको निर्णय

588
views

काठमाडौं, ३२, साउन । नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको हो ।

सरकारले समन्वयात्मक रुपमा काम अगाडि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अफगानिस्तानमा करिब १५ सय नेपालीहरु रहेको अनुमान छ । उनीहरु कुन अवस्थामा छन् भन्ने थाहा हुन सकेको छैन ।

सरकारले आइतबार अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आह्वान गर्दै अनलाइन फारम भर्ने व्यवस्था गरेको छ ।

अमेरिकी नेतृत्वको नेटो सैनिक फिर्ता गएपछि अफगानिस्तानमा विद्रोही समूह तालिवानले नियन्त्रण कायम गरेपछि त्यहाँ भयको वातारण छ ।