रामेछाप जीप दुर्घटनामा तीन जनाको मृत्यु

422
views

काठमाडौं, ३१, भदौ । रामेछापको खुर्कोट-मन्थली सडकखण्डमा भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

आज बिहान काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३-च-३५१३ नम्बरको जीप दुर्घटना भएको जिलला प्रहरी कार्यालयले जनाएको छ ।

उनका अनुसार दुर्घटनामा ओखलढुंगाका ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको हो । मृतक एक पुरुषको परिचय खुलेको छैन । एकजना घाइते भएका छन् ।

मन्थली नगरपालिका-६मा जीप दुर्घटना भएको हो ।