राहत बाँड्दै पूर्व जनमुक्ति सेना परिवार

863
views

पर्वत, ५ असोज । माओवादीले थालेको युद्व मोर्चाका कमाण्डर हरी पौडेल ‘सुन्दर’ ले पीडित परिवारलाई राहत वितरण गरेका छन् ।

हाल कोरियामा रहेका पौडेलले पर्वतको कुश्मा नगरपालिका ११ का वाढी पहिरो पीडितलाई राहत वितरण गरेका हुन् ।

गत १७ गते आएको अविरल बर्षासँगै ज्यान गुमाएका पर्वत सिल्मीका २ जना परिवारलाई पौडेल परिवारले स्वर्गिय पिता माताको सोह्र श्रादको पुन्य तीथिमा प्रति परिवारलाई पाँच हजारका दरले राहत वितरण गरेका हुन् ।

पौडेल परिवारका सदस्य लिला दवाडी पौडेलले स्व. पिताम्बर पाध्या र रत्न कुमारी पाध्याको पुन्य तीथिमा सिल्मीमा ज्यान गुमाएका २ परिवार र विस्थापित ७ परिवारलाई लत्ता कपडा उपलव्ध गराएका हुन् ।

बाढी पहिरोबाट पीडित बन्न पुगेका परिवार लेख बहादुर नेपाली, होम बहादुर नेपाली, पदम बहादुर नेपाली, डिल्ले नेपाली डम्बर नेपाली, मनिलाल पौडेललाई राहात उपलब्ध गराइएको हो ।

राहात वितरण कार्यक्रममा कार्यक्रमका समाजसेवी खुम प्रसाद सुवेदीले पीडित परिवारका बारेमा प्रत्रशा पार्दै पितृ तिथिमा पीडित परिवारलाई सहयोग उपलब्ध गराउने परिवारलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य भिम नेपाली, समाजसेवी डिल्लीराम सुवेदी, हरि प्रसाद सुवेदीले पीडित परिवारलाई उपलब्ध गराइएको राहतले पीडामा मल्हमपट्टीको काम गरेको बताए ।