परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का, आजै सपथ

415
views

काठमाडौं, ६, असोज । सत्तापक्षिय गठवन्धन सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न लागेको भन्दै प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग सहमति मागेका थिए ।

बैठकमा सहभागी सबै नेताले खड्काको नाममा सहमति जनाएका थिए । योसँगै डा. खड्काले आजै परराष्ट्रमन्त्रीको रुपमा सपथ खाने तयारी भएको छ ।

अन्य मन्त्रीहरु नियुक्त गर्ने विषयमा भने गठबन्धनको बैठकमा छलफल भएपनि सर्वोच्च अदालतमा माधव नेपालसहित १४ जना सांसदहरुको बारेमा परेको रिटको सुनुवाई ढिला भएकोले केही दिन लाग्ने समेत बताइएको छ ।