देलविस र राजसँग बोल्ड साम्राज्ञी

1430
views

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो केही समयदेखि रिजर्भ बस्न थालेकी छिन् । अधिकांश नायिकाहरुले म्युजिक भिडियोमा मन बनाउँदा पनि साम्राज्ञीले थुप्रै अफरलाई अस्विकार गरिन् । बरु, साम्राज्ञी अनलाइन सपिङ व्यवसायमा व्यस्त बनिन् ।

अब, भने एउटा गीत र टिमले साम्राज्ञीको मन तानेको छ । उनी, ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको एक म्युजिक भिडियोमा देखिने तयारीमा छिन् । निर्माताद्धय दिनेश दर्शनधारी र यशोदा राईका छोराहरु नव–कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले काम गर्न लागेकी हुन् । ‘माया पिरेम’ बोलको गीतको छायांकन केही दिनमै हुनेछ । यो गीतमा विश्व नेपाली र अस्मिता अधिकारीको स्वर छ । डीपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ ।

यो गीतको भिडियोमा दिपेश सापकोटाको निर्देशन, माइकल चन्दको कोरियोग्राफी रहनेछ । काठमाडौं वरिपरीका विभिन्न स्थानमा यो गीतको भिडियो खिचनेछ । भिडियोलाई ट्री मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ ।

नायिका साम्राज्ञीले आफूलाई गीत मन परेको बताइन् । साथै, यो टिमसँग काम गर्ने रहर पहिलेदेखि नै भएकाले जोडिन लागेको उनको भनाई छ । साम्राज्ञीले यो भिडियोका लागि राम्रो पारिश्रमिक लिएकी छिन् । नेपाली चलचित्रमा दर्शकमाझ निक्कै राम्रो क्रेज बनाएकी साम्राज्ञीको भिडियो यात्रा कस्तो हुने हो त्यो गीत सार्वजनिक भएपछि थाहा हुनेछ । अनलाईनखबरबाट साभार