आज नेपाली कांग्रेस पर्वतको पालिका अधिवेशन

990
views

पर्वत, ९, असोज । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि पर्वतमा आज नगर तथा गाउँ अधिवेशनको तयारी भएको छ । अधिवेशनले गाउँपालिका तथा नगरपालिका स्तरीय नयाँ कार्य समिति निर्वाचित गर्न लागेको हो ।

पर्वत जिल्लामा ७ वटा स्थानीय तहमा कांग्रेसको अधिवेशन हुन लागेको हो । आज हुने पालिका स्तरीय अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेपाली कांग्रेसले जनाएको छ । २ नगरपालिका तथा ५ गाउँपालिका मध्ये कुश्मा नगरपालिकामा कुश्मा नगरपालिका–२ खुर्कोटका वडा अध्यक्ष यदुनाथ बास्तोला, कुश्मा नगरपालिका वडा न ३ दुर्लुङवाट कुलराज पोखरेल र कृष्णराज शर्मा कुश्मा नगरपालिका वडा न ८ का सुरेन्द्र केसी र कुश्मा नगरपालिका वडा न ६ का किशोर भण्डारीले सभापतिमा उमेदवारी दिएका छन् ।

फलेवास नगरपालिकामा नगर सभापति हिरामणि सापकोटा , नेपाली काँग्रेसका जिल्ला सदस्य नेता थमनसिँह थापा, नेपाली काँग्रेस पर्वतका पूर्व कोषाध्याक्ष देविस्थान निवासी बसन्त श्रेष्ठले, काँग्रेस पर्वतका पूर्व जिल्ला सदस्य देविस्थान निवासी ख्याम भुषाल क्षेत्री, खानीगाउँवाट क्षेत्रिय सदस्य दुर्गादत्त तिवारी र कुर्घाका निवर्तमान वडा सभापति अमरवहादुर क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।

जलजला गाउँपालिकामा जलजला गाउँपालिका २ माझफाँटका पूर्व पार्टी सभापति इन्द्रप्रकाश पौडेल, वडा नम्वर ४ वाट भिष्म मल्ल, शालिजाका पूर्व पार्टी सभापति बलवहादुर पुन, जलजला वडा नम्वर ८ नाग्लिवाङवाट वडा अध्यक्ष हरिविकास जिसीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

मोदी गाउँपालिका सभापति जीवनाथ शर्माले पुनः सभापतिमा दोहोरिन खोजेका छन् । त्यस्तै नेपाल तरुण दल मोदी गाउँपालिका अध्यक्ष र्निदोष लामिछानेले मोदी २ देउपुरका पदमपाणि शर्माले मोदी गाउँपालिकाको सभापति आफ्नो शसक्त दावी रहेको बताएका छन् ।

महाशिला गाउँपालिवाट उज्वल गुरुङ र महाशिला गाउँपालिका–५ लुंखुका वडा सभापति डिल्लीराम उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् ।

विहादी गाउँपालिकाबाट बिष्णुप्रसाद भुषाल र रामप्रसाद पराजुली ले उम्मेदवारी दिएका छन् भने पैयुँ गाउँपालिकामा डम्बर प्रधान र तोयनाथ ‘भुषालले उम्मेदवारी घोषणा गरेका छन् ।