इपिएलमा काठमाण्डौको विजयी सुरुवात

491
views

काठमाण्डौ, ९, असोज । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा काठमाण्डौले ललितपुरलाई ७ विकेटले हराएको हो ।

ललितपुर प्याट्रीयट्सले दिएको १ सय ५८ रनको लक्ष्य काठमाण्डौ १४ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । काठमाण्डौका लागि रायन बर्ल र रहमान उल्लाह गुर्बाजले अर्धशतकीय पारी खेले । बर्लले अविजित ७३ रन र गुर्बाजले ५९ रन जोडे ।

काठमाण्डौका सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट भए । ललितपुरका पवन सर्राफले एक विकेट लिए । कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । ललितपुरका सर्राफले ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोडे । काठमाण्डौका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन बर्ल र गुलशन झाले २÷२ विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन दिए भने शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए ।