पर्वतमा एचआइभी संक्रमितको संख्या ११८ पुग्यो, ११ जना बालबालिका

950
views

डिल बहादुर विक
पर्वत, १०, असोज । पर्वतमा एचआईभी संक्रमितको संख्या बढेको छ । गतवर्ष ९४ जना संक्रमित रहेको पर्वतमा यसवर्ष ११८ जना पुगेको कम्युनिटी सर्पोट ग्रुपको तथ्यांक सार्वजनिक गरेको छ ।

समुदायमा एचआइभी संक्रमितलाई गरिने व्यवहार सकारत्मक नरहेका कारण पनि संक्रमितहरु खुल्न नसकेको र जिल्ला वाहिर गएर उपचार गर्ने गरेको ग्लोवल फण्ड एचआइभी कार्यक्रमका जिल्ला संयोजक प्रेम केसीको भनाई छ ।

११८ जना सक्रिय संक्रमित रहेको पर्वतमा २३ जनाले अन्य जिल्लाबाट स्वस्थ्य सेवा लिईरहेका छन् ।

कम्युनिटी ग्रुपले तयार पारेको तथ्यांक अनुसार हाल कुश्मा नगरपालिकामा ४१, फलेवास नगरपालिकामा २८, मोदी गाउँपालिकामा १७, जलजाला गाउँपालिकामा १५, महाशिला गाउँपालिकामा ७, विहादी गाउँपालिकामा ६, र पैयूं गाउँपालिकामा ४ जना एचआइभी संक्रमित छन् ।

संक्रमित मध्ये ११ जना वालवालिका रहेका छन् । संक्रमित मध्ये १०६ जनाले नियमित औषधी सेवन गरिरहको कम्यूनिटी सपोर्ट ग्रुप पर्वतले जनाएको छ ।