आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

352
views

काठमाडौं, ११, असोज । दशैं नजिकिदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि लामो दुरीका बसहरुको आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ ।

उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको देखिएको छ । दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् ।

यातायात व्यवस्था विभागका अनुसार अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । १४ स्थानबाट टिकट लिन र यात्रु छुट्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।