बाग्लुङमा काँग्रेसको युथ सर्कल विस्तार-अध्यक्षमा पौडेल

517
views

निर्मल पौडेल
पर्वत,११, असोज । बागलुङमा नेपाली काङ्ग्रेसको वि.पि. स्टडी युथ सर्कलले पूर्णता पाएको छ । काँग्रेसले देशभर युथ सर्कल विस्तार गरिरहेको अवस्थामा बागलुङमा विश्नुराज पौडेलको अध्यक्षतामा वि.पि. स्टडी युथ सर्कल विस्तार गरिएको हो । सर्कलको उपाध्यक्षमा ज्ञानेन्द्र वहादुर खत्री, राजेन्द्र न्यौपाने, सचिवमा प्रकाश गौतम, सुरक्षा खड्का, सह-सचिवमा सुनिल केसी, कोषाध्यक्षमा दीपक पौडेल रहेका छन् ।

सदस्यहरुमा मनोज सापकोटा, वलराम रिजाल, गौरव खड्का, अजित कुँवर, बालाकृश्न अधिकारी, अर्जुन रेग्मी, शंकर सापकोटा, तारा छन्त्याल, आकाश रिजाल, कमल पौडेल, रामप्रसाद सुवेदी, प्रेम बुढा, सुरेन्द्र कँडेल, गणेश खरेल, राधा किसान, दिपेन्द्र किसान रहेका छ्न ।

नेपाली काँग्रेसका संस्थापक जननायक वि.पि. कोइरालाको जीवन दर्शन, विचार, साहित्य, जीवन संघर्ष र उहाँका विभिन्न कृतिहरुको अध्ययन विचार र विमर्शको लागि सर्कल गठन गरिएको वि.पी स्टडी युथ सर्कलका केन्द्रिय सदस्य बासु पौडेलले बताए ।

निवर्तमान तरूण दलका महामन्त्री विपी स्टडी युथ सर्कलका परिकल्पनाकार तथा सम्योजक भूपेन्द्रजंग शाही, केन्द्रीय अध्यक्ष ऋषि कोइरला, केन्द्रीय सदस्य बासु पौडेलको विशेष उपस्थितिमा युथ सर्कलले पुणर्ता पाएको सर्कल बागलुङका सचिव सुरक्षा खड्काले जानकारी दिएकी छन् ।

जिल्ला सर्कल गठन गरिए सङ्गसङ्गै बाग्लुङका सवै नगरपालिका, पालिका र सवै वार्डहरुमा समेत सर्कल विस्तारलाई तिब्रता दिइएको सर्कल बागलुङका अध्यक्ष विष्णुराज पौडेलले बताए ।

युथ सर्कल बागलुङको अध्यक्षमा धेरै आकांक्षी भएपनी अन्ततः विष्णुराजको सक्रियताले जितेको छ। राजनीतिमा सक्रियता र त्याग अनिवार्यता रहन्छ ।