एमाले संसदलाई राजिनामा दिन भट्टराईको सुझाव

719
views

काठमाडौं, ११, असोज । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई संसद पदबाट राजीनामा दिन चुनौती दिएका छन् ।

२–२ पटक संसद विघटन गर्ने एमाले संसदलाई संसदमा आउन लाज हुनुपर्ने टिप्पणी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो’ आफूले विगतमा माओवादी छाडेपछि सांसद पदबाट राजीनामा दिएको स्मरण गर्दै उनले भने, ‘उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’