तालिबानको क्रुरता : महिलामाथि कुटपिट र अपहरण

452
views

काठमाडौ । तालिबान शासित अफगानिस्तानमा अफगानी सेनाका परिवारका सदस्यहरुलाई अपहरण गर्ने, महिलामाथि कुटपिट गर्ने प्रवृति बढ्दो रुपमा देखिएको छ । तालिबानी लडाकूहरुले एक महिला नागरिक समाजकी कार्यकर्तालाई कुटपिट साथै उनको परिवारका पाँच सदस्यहरुलाई अपहरण समेत गरेका छन् ।

यो घटना अफगानिस्तानको १५ औं प्रहरी जिल्लाको सीमामा भएको थियो । तालिबानी लडाकूका सशस्त्र सदस्यहरु फहिमा रमतीको घरमा जबरजस्ती प्रवेश गरेको र उनलाई कुटपिट गर्न थालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । होप फाउन्डेसनकी प्रमुख रहमतीले तालिबानले उनका दुई दाजु, एक ससुरा र एक छिमेकीसहित पाँच जनालाई अपहरण गरेको बताएकी छन् ।

यसैबीच, कान्दाहारका गुप्तचर प्रमुख रहमतुल्लाह नरैवालले तालिबानले रहमतीको घरमा पूर्व सुरक्षा निदेशकहरुको उपस्थितिसम्बन्धी जानकारी प्राप्त गरेको र सोही जानकारीका आधारमा उनको घरमा प्रवेश गरेको बताएका छन् ।

तर कार्यकर्ताले तालिबानी लडाकूका सदस्यहरु घरमा प्रवेश गरेर ज्यादती गरेको बताएका छन् । तालिबानले अफगानिस्तानमा आफ्नो पकड कायम गर्न बल प्रयोगलाई जारी राखेपछि देशबाट महिलाविरुद्ध उत्पीडन र क्रूरताका रिपोर्टहरु बाहिर आउन थालेको बताइएको छ ।संगठनबाट गम्भीर धम्कीको बावजुद हजारौं महिलाहरु उनीहरुका अधिकारहरुबाट वञ्चित भएको माग गर्दै देशभरका सहरहरुमा प्रदर्शन गरिरहेका छन् ।

एक दिनअघि काबुलमा महिलाहरुको विरोध प्रदर्शनमा भाग लिएको कारण तालिबानले मानव अधिकार कार्यकर्ता हबीबुल्लाह फरजादलाई पनि निर्दयी रुपमा कुटपिट गरेका थिए । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अधिकारकर्मीहरु र प्रदर्शनकारीहरु विरुद्ध हिंसा एक सामान्य घटना बनेको छ ।

तालिबानको कब्जा पछि अफगानिस्तानमा बर्बरताको पछिल्लो दृश्यहरुले युद्ध प्रभावित देशमा मानव अधिकारको विनाशकारी स्थितिलाई उजागर गरेको बताइएको छ । वर्तमानमा अफगानिस्तानमा अराजक स्थिति बन्दुक बोकेका व्यक्तिको तस्वीरसँग, सम्पूर्ण जनसंख्यालाई घेराबन्दीको स्थितिमा राखेको बताइएको छ । एजेन्सी