पछिल्लो २४ घण्टामा ८९८ जना संक्रमित, १३ को मृत्यु

574
views

काठमाडौं, १५, असोज । पछिल्लो २४ घण्टामा ८९८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश हजार ११३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९८ जनामा संक्रमणको पुष्टि भएको हो ।

यस्तै, तीन हजार २५५ वटा एन्टीजेन परीक्षण गर्दा १६८ जनाको कोरोना संक्रमण देखिएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९३८ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १४८ जना संक्रमितले ज्यान गुमाएका छन् ।