चाडवाडमा मात्रै अनुगमन, पाँच व्यापारीलाई जरिवाना

851
views

पर्वत, २०, असोज । चार्डपर्व विषेश अनुगमनमा पर्वतका पाँच व्यापारीलाई जरीवाना एकलाई कालोबजारी अन्त्रगत कार्वाही जिल्ला प्रशासन कार्यालय पर्वतले चाडवार्ड विषेश अनुगमन थालेको छ ।

कुश्माबजारमा तीन दर्जन खाध्य पसल होटल र केही उद्योगहरु अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रशासनले चाडवार्डमा मात्रै अनुगनम नगरी अन्य समयमा पनि नियमीत अनुगमनको आवश्यक रहको उपभोक्ताहरुले बताएका छन ।

व्यापारीहरुले खाध्यान्न मात्रै अनुगमन गर्ने प्रशासनले अन्य कपडा फेन्सी गरगहना तथा निर्माण सामाग्री रङ रोगनमा उपभोक्ताहरु धेरै ठगीने गरेको बताएका हुन । महंगो मुल्यमा लत्ता कपडा र मिसावट युक्त गरगहनामा धेरै उपभोक्ता ठगिने तथा साधा प्याकेटमा विक्रि गरीन दुध तथा मासुमा लापभाई भईरहेको उपभोक्ता अधिकारकर्मीहरुले बताएका हुन ।

कुश्मा बजारका तीनदर्जन खाध्य तथा होटल र उद्योग मासु पसलमा गरीएको अनुगमनमा पाँच पसलहरुलाई जरीवाना गरीएको छ । अनुगमनमा क्रममा मुल्यसुचि कायम नगरीएका तथा उपभोग्य मिति सकिएका समानहरु विक्री वितरण गरेका पाँच व्यपारीहरुलाई जरीवाना गरिएको हो ।

यस्तै अस्वाभाविक मुल्य कायम गरी सामान विक्रि गर्ने एक व्यपारीलाई कालो बजारी अन्र्तगत कार्वाही थालिएको प्रशासनले जनाएको छ । व्यपारीहरुले पाँच सयममा खरीद गरीएको समाना पन्ध्रसय मुल्य राखेर विक्री गरेर कालो बजारी गरीरहेको पाईएको छ ।

प्रशासनका प्रशासकीय अधिकृत नविन सुवेदीले विगतमा अनुगमनमा सम्झाउने गरेको भएपनि पछिल्लो अनुगमनमा म्याद गुज्रीएका उपभोग्य समानहरु विक्री वितरण गर्ने व्यापारीहरुलाई पाँच हजारसम्म जरीवाना र अस्वभावीक मूल्यमा समानको कारोवार गर्नेलाई कालोबजाारी अन्त्रगत कार्वाही गरीने बताए ।

स्थानीय स्वायत्त शासन ऐनमा हरेक महिना बजार अनुगमन गर्नुपर्ने व्यवस्था भएको भएपनि पर्वतमा चाडपर्वमा मात्रै बजार अनुगमन हुने गरेको छ । अन्य समय अनुगमनको चर्चा कम हुने गरेको पर्वतमा विषय गत अनुगमन भने हुन सकेको छैन । जसले गर्दा खाध्यन्न सँगै लत्ता कपडा गर गहना भाडाँकुडा र निर्माण जन्य सामानहरुमा उपभोक्ता ठगीने गरेका छन ।