नेपाल राष्ट्रिय कर्मचारी महासंघमा शर्मा र संगठनमा सापकोटा

1656
views

नम्रता शर्मा
पर्वत, २१, असोज । नेपाल राष्ट्रिय कर्मचारी महासंघ तथा राष्ट्रिय कर्मचारी संगठन निजामती पर्वतको चौंथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघ पर्वतमा रुद्र शर्मा सापकोटा र राष्ट्रिय कर्मचारी संगठन निजामती पर्वतको अध्यक्षमा उमेश सापकोटा निर्वाचित भएका छन् ।

पर्वतको कुश्मा नगरपालिकामा भएको अधिवेशनमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको उपाध्यक्षमा राजेन्द्र तिवारी, सचिव डिल्लीराम रेग्मी, सह–सचिव प्रदिप सापकोटा र कोषाध्यक्षमा जगन्नाथ अधिकारी निर्वाचित भएका हुन् ।

महासंघको सदस्यहरुमा हरि सुवेदी, सीता पिसी, टेक बहादुर परियार, एकेन्द्र बानिया, विजया आचार्य र शर्मिला गिरी रहेको १५ सदस्यिय कार्यसमिति निर्वाचित गरेको छ ।

यस्तै राष्ट्रिय कर्मचारी संगठन निजामती पर्वतको उपाध्यक्षद्वयमा हरि सुवेदी, सीता पिसी, सचिव सुमन गौंडेल, कोषाध्यक्षमा विश्वास गौंडेल निर्वाचित भएका छन् ।

संगठनको चौंथो अधिवेशनमा निर्वाचित सदस्यहरुमा डिल्ली लामिछाने, भिम बहादुर फकामी गरी १३ सदस्य कार्यसमिति निर्वाचित गरेको छ ।

निर्वाचित सदस्यहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पर्वत जिल्ला ईन्चार्ज गुप्त हमालले राष्ट्रसेवक कर्मचारी सेवाग्राहीको पक्षमा निस्वार्थ भावनाले खटन् जरुरी रहेको बताए ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघ पर्वतका अध्यक्ष रुद्र शर्मा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका गण्डकी प्रदेशका अध्यक्ष तारानाथ सुवेदी, राष्ट्रिय कर्मचारी संगठन निजामती गण्डकी प्रदेशका अध्यक्ष कृष्ण पौडेलले शुभकामना व्यक्त गरेका थिए भने स्वागत नव निर्वाचित अध्यक्ष उमेश सापकोटा र सञ्चालन सचिव डिल्लीराम रेगमीले गरेका थिए ।

कार्यक्रममा भुतपूर्व अध्यक्ष शिव अधिकारी र उपाध्यक्ष ढाकाराम सुवेदीलाई खादा एवं प्रमाण पत्रले सम्मान गरिएको थियो ।