भवन बनाउँदै फलेवास नगरपालिका, नगर प्रमुखबाटै भवनको शिलन्यास

1103
views

पर्वत, २१, असोज । फलेवास नगरपालिकाले नगरपालिकाकै लागि भवन निर्माणको शिलन्यास गरेको छ । भवनको आज नगर प्रमुख पदमपाणी शर्माले शिलन्यास गरेका हुन् । नगरपालिकाको वडा नम्वर ५ स्थित झकलकमा भवन निर्माणको शिलन्यास गरिएको हो ।

१४ करोडको लगानीमा सम्पन्न हुने गरी निर्माण हुन लागेको भवनको जिम्मा जुम्ले थान एण्ड आचार्य विल्डर्स प्रा.लि बागलुङले लिएको छ । भवन २०७८ चैत्र मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए ।

नगरपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले ६० रोपनी ८ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवीपाण्डे खत्री, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकी, सशस्त्र प्रहरी बल हे.क्वा. नं. २५ चण्डिका गण पर्वतका प्रमुख बिनोद केसी, नगरपालिकाका प्रमुख अधिकृत कृष्ण सापकोटा लगायत नगर वडाका अध्यक्षहरुको सहभागिता थियो ।

फलेवास नगरपालिका–५ खानीगाउँका वडा अध्यक्ष दिपक पौडेलको स्वागत रहेको कार्यक्रमको संचालन कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सीनाले गरेका थिए ।