माओवादीलाई ६४ सालमा फर्काउने प्रतिवद्धता

484
views

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पर्वतको फलेवासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (माओवादी केन्द्र) फलेवास र फलेवास-काठमाडौँ, सम्पर्क मञ्चले कार्यक्रमको संयुक्त आयोजना गरेको थियो ।

पर्वत हुमुखी क्याम्पस फलेवासमा भएको कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गुप्त बहादुर हमाल ठकुरीले पार्टी ३० लाख सदस्यको टार्गेटमा हिडेको बताउँदै पार्टीलाई जीवन ठानेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

कार्यक्रमको संयोजक समेत रहेका कार्यक्रमका सभापति तथा माओवादी केन्द्र बुद्धिजीवी संगठनका केन्द्रिय सदस्य, पर्वत काठमाडौं सम्पर्क मञ्चका विशेष सल्लाहकार दिपक तिवारीले जिल्लामा पार्टीलाई बलियो र मजबुत बनाउने आफू सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे ।

विकास सोनीको सञ्चालन र वाइसिएल नेता रुपक भट्टको स्वागत मन्तव्यमा भएको सो कार्यक्रममा माओवादी नेताहरुः मनरुपा शर्मा, प्रेम राना, शंकर गिरी, शोभा क्षेत्री, कमल भुसाल, केन्द्रिय खेलकुद माहसंघका केन्द्रिय सदस्य तथा राष्ट्रिय खेलाडी हिटलर थापा, शिवलाल पुरी, कमल रिजाल, अशोक पौडेल, भोज कुँवर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी छाडेर माओवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।