नेपाली सेनाद्वारा विद्यालय पुनःनिर्माण गरी हस्तान्तरण

510
views

काठमाडौ । मिनुस्का मिसनमा रहेको रणशेर गणको टोलीले मिनुस्कासंगको सहकार्यमा एटोन्गोमा रहेको स्थानीय विद्यालयको पुनःनिर्माण सम्पन्न गरी स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सम्पुर्ण मापदण्डहरु पालना गरी संचालन भएको उक्त कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी तथा युनिसेफ ओचका स्थानीय प्रमुखहरुको उपस्थितीमा विद्यालय हस्तानान्तरण गरेको हो ।

सोही अवसरमा उक्त ईलाकामा तैनाथ नेपाली शान्ति सैनिक युनिटको तर्फबाट कोभिड–१९ रोकथामका सुरक्षात्मक सामग्रीहरुलगायत शैक्षिक सामग्रीहरु उपलब्ध गराईएको थियो ।

कार्यक्रममा स्थानीय मेयरले विद्यालयको पुनः निर्माणले स्थानीय विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा ठूलो टेवा पुग्ने विश्वास गरेको बताए ।

मिनुस्का मिसनमा रहेको नेपाली शान्ति सैनिकहरुले गर्दै आईरहेको जनहितका कार्यहरुबाट स्थानीय जनता तथा शान्ति सैनिकबीच विश्वासको वातावरण सृजना भएको विश्वास व्यक्त भएको छ ।