मालपोत कार्यालय पर्वतबाट सरुवा भएका रेग्मीको विदाई

960
views

नम्रता शर्मा
पर्वत, ६, कार्तिक । पर्वत मालपोतमा लामो समयसम्म कार्यरत कविन्द्र रेग्मीको सरुवा भएको छ । शुक्रबार मालपोत कार्यालय पर्वतले एक कार्यक्रमको आयोजना गरी पर्वतबाट कास्की लेखनाथ मालपोत कार्यालयमा सरुवा भएका रेग्मीलाई विदाई गरिएको हो ।

मालपोत कार्यालय पर्वतमा मुद्वाफाँट हर्दे आएका रेग्मी खरिदार पदमा कार्यरत थिए ।

रेग्मीलाई विदाई गर्दै मालपोत कार्यालय पर्वतका प्रमुख मुकुन्द लामिछानेले सेवाग्राहीको सेवामा समर्पित हुन थप हौसला प्रदान होस् भन्दै थप प्रगतिको कामना गर्दै रमना पत्र दिएका थिए ।

विदाई कार्यक्रममा मालपोत कार्यालय पर्वतका सूचना अधिकृत उमेश सापकोटाले रेग्मीले पर्वतेली जनतामा देखाएको समर्पणले सम्पूर्ण कर्मचारीमा उर्जा मिलेको भन्दै सेवाग्राहीको सेवा नै कर्मचारी प्रमुख पक्ष रहेको बताए ।

रेग्मीको विदाई कार्यक्रममा कर्मचारी, लेखापढी व्यवसायिहरुको समेत उपस्थिति रहेको थियो ।