‘पत्रुकार’ भनेपछि पत्रकार महासंघको आपत्ति

707
views

पर्वत, ६, कार्तिक । अन्तराष्ट्रिय पर्वत समाजको तेस्रो महाधिवेशन कार्यक्रममा बोल्दै प्रदेश सभाका सांसद विकास लम्सालले पत्रकारलाई ‘पत्रुकार’को संज्ञा दिदैं अरु पेशामा नविकेको भन्दै गाली ग्लौज गरेपछि नेपाल पत्रकार महासंघ पर्वतले आपत्ति जनाएको छ ।

तात्कालिन नेकपा हाल एमालेको सांसद रहेका लम्सालले पाडापाडी संरक्षणको नाउँमा गरेको आर्थिक दुरुपयोगको बारेमा सञ्चार माध्यमले समाचार लेखेकै कारण पत्रकारमाथि आक्रोष व्यक्त गरेका हुन् ।

गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री समेत बनेका लम्सालले आफ्नो अनियमितताको पर्दाफास भएपछि पत्रकारमाथि आक्रोष व्यक्त गदै आएका छन् ।

संविधान सभा सदस्य हुँदा पाडापाडी पालनको नाउँमा लाखौ रकम खर्चिएका उनको कार्यक्रम उपलब्धीविहिन बनेपछि समाचार लेखेका सञ्चारकर्मीविरुद्ध उत्रिदै ‘पत्रुकार’ भनेपछि नेपाल पत्रकार महासंघ पर्वतले आपत्ति जनाएको छ ।

शनिवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतका सचिव राजवावु पिसीद्वारा जारी वक्तव्यमा गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री समेत बनेका संसद विकास लम्सालले पत्रकारीता क्षेत्रकै अपमान गरेको भन्दै आपत्ति जनाइएको छ ।

रातदिन मैदानमा खटिएर सूचना सञ्चार प्रवाह गरिरहेका पत्रकारमाथि आरोप लगाउने गरी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिमाथि आपत्ति जनाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।