प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच भेट

541
views

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र श्रीलंकाका राजदूत हिमाली अरुणातिलकबीच भेटवार्ता भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो नेपाली सेनाले जनाएको छ ।

सेनापति र राजदुतबीचको यसप्रकारको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।