गण्डकी गोपाल गौशालाका गाईलाई पराल दान

824
views

महेन्द्र जिसी
पर्वत, २५, कार्तिक । पर्वतको गण्डकी गोपाल गौशालामा पालिएका वैदिक गाईलाई पराल दान गरिएको छ । धान खेती थन्क्याउने समयमा यहाँका किसानले गौशालामा संरक्षण गरि पालेका गाईलाई प्रति किसानले दुई देखी दश भारीसम्म पराल दान गरेका हुन ।

किसानहरुले तिहारको अवसरमा गोवर्दन पुजाको अघिल्लो दिन देखि पराल दान दिदै. आएका हुन् ।हिन्दु धर्मको आस्था र विश्वासलाई बचाई राख्न पर्वतमा रैथाने गौ संरक्षण अभियान सञ्चालन गरेका थिए ।

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ पर्वतमा २०७६ सालमा स्थापना गरीएको गौशालाका गाईहरुलाई आहारको व्यवस्थापन गर्न बास्कोट, धाईरीङ, फर्से, खुर्कोट, लस्ती, लुङदी खोलाखेत लगायतका फाँटहरुका किसानहरुले गौशालाका गाईहरुलाई पराल दान गर्न थालेका हुन् ।

किसानहरुले आँफुहरुले एक दुई भारी पराल दिएर वैद्धिक गाईहरु संरक्षणमा चासो देखाउँदै आएका छन ।

बाँस्कोट फाँटका किसान रामचन्द्र रिजालले धर्म पनि हुने आँफुहरुका बस्तु भाउलाई पनि एक भारी पराल कम भएर खासै फरक नपर्ने भएपछि दान गरेको बताए ।

यस्तै अर्का किसान जगन्नाथ रिजाालले राज्यको आँखा नपरे पनि हामी किसानलाई त धर्मको पनि आशा र हराउँदै गएका बेला गाई जोगाउनु उपयुक्र लागेकोले गाउँ भरीका मिलेर ५÷६ सय भारी पराल जम्मा गरेको बताए ।

पर्वतमा हिन्दु धर्म र अस्था जोगाउन तथा वैद्धिक आस्थासँगै आयुवेर्दिक औषधिको लागि पनि रैथाने गाई संरक्षण गर्न लागिएको हो ।

मार्ककण्डेय पुराणमा उल्लेखित हम्पाल क्षेत्र कालान्जार पर्वतको माथिल्लो भाग कृष्ण गण्डकीको समिप मुक्तिक्षेत्रमा गौशाला सञ्चालन गरीएको छ ।

लोपोन्मुख अवस्थामा रहेका स्थानीय वैद्धिक गाई संरक्षण गराउँदै रैथाने गाईको गहुँत, दुध, घ्यु, गोबर लगायतको औषधीय महत्व दर्शाउनुको साथै धार्मिक महत्व जोगाउन गौशाला सञ्चालन गरीएको हो ।

गौशालामा अहिले ४० रैथाने गाई पालन गरीएको छ । गाईको आहार र घाँसको व्यवस्थापनका लागि थप २० रोपनी जग्गामा घाँस रोपण गरीएको छ । गौशालाले गौ मुत्र गहूँत प्रशोधन समेत थालिसकेको छ ।

गौ सेवामा लाग्दा र गाईबाट प्राप्त दुग्धजन्य उत्पादन नियमित उपभोगले विभिन्न एक सय ५८ रोगलाई फाईदा पुग्ने तथा गाई छुँदा समेत प्रेसर दमजस्ता रोगहरुको निदान गर्न सकिने गौ संरक्षणका अभियान्ताहरु बताउँछन ।

स्थानीय किसान तथा धार्मिक गुरुहरुले वैद्धिक गाईको महत्व जगाउने गरेको भएपनि सरकारी तवरबाट गाई संरक्षणमा चासो नभएको गौशालाका सञ्चालक बताउँछन । गाईको महत्व बुझाउँदै रैथाने गाईको स्रोत केन्द्रको रुपमा गाईलाई विकास गराउँदै वैद्धिकको अध्ययन केन्द्र बनाउने अभियान समेत थालिएको गौशालाका अध्यक्ष राजु आचार्यको भनाई छ ।

धार्मिक आस्था भएकाहरुले यस गौशालामा वर्षमा एकहजार देखी १५ सय भारी पराल दानको रुपमा उपलब्ध गराउँदै आएका कारण गाई पालन तथा संरक्षण गर्न सहज भएको आचार्यको भनाई छ ।

मानव, पृथ्वी र गाईको सम्बन्धमा पर्यावरणीय सन्तुलन कायम गर्न, गाई र गोरु संरक्षणका लागि अभियान नै चलाएपछि अहिले यहाँका स्थानीयहरुको सोंच गाईप्रति सकारात्मक बन्दै गएको छ ।

गाइको स्याहार शुसारका लागि तीनजना कर्मचारी समेत राखिएको छ । गाईकालाई पानीका लागि स्वयंसेविले नुन र दानासमेत लिएर आउने गरेका छन् ।