नेपाली दूतावास ओमानद्धारा खोप लगाउन अनुरोध

666
views

ओमान । ओमानमा विभिन्न क्षेत्रमा रहेका नेपालीहरुलाई कोरोना भाईरसविरुद्धको खोप लगाउन नेपाली दूतावास ओमान अनुरोध गरेको छ ।

दूतावासले कोरोना भाइरसको उत्परिवर्तित रुप कुनै पनि समय र स्वरुपमा देखापर्न सक्ने भन्दै विज्ञहरुले सचेत गराइरहेको बताउँदै खोप नलगाएका नेपालीहरुलाई ओमान सरकारद्धारा संचालित विभिन्न केन्द्रमा पुगेर खोप लगाउन दूतावासद्धारा जारी सूचनामार्फत अनुरोध गरिएको छ ।