पर्वत काँग्रेस सभापतिमा जोशी विजयी

709
views

पर्वत, १०, मंसिर । नेपाली काँग्रेस पर्वतको सभापतिमा युवराज जोशी निर्वाचित भएका छन् । मंगलबार देखि शुरु भएको निर्वाचन प्रक्रिया विहिवार राती मतगणना सम्पन्न गरीएको थियो ।

मतगणना अनुसार युवराज जोशीले ६ सय ९ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । उनका निकटम प्रतिद्वन्दी यामबहादुर मल्ल रामकृष्णले ४ सय ४९ मत प्राप्त गरेका थिए ।

त्यस्तै सभापतिका अर्का प्रतिस्पर्धी मिलन पौडेलले ९६ मत प्राप्त गरे । निर्वाचनमा १ हजार १ सय ८६ जनाले मतदान गरेका थिए ।

निर्वाचित कार्य समितिमा जोशी समुहकै प्यानलबाट सहभागी उम्मेदवारहरु विजयी भएका छन् । जस अनुसार उपसभापतिमा डाक्टर चुडामणी शर्मा, र शिवप्रसाद सुवेदी, सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन् ।

सचिवका प्रत्यासी मोहन आचार्य अन्तिमसम्म बलियो प्रतिस्पध्र्रीका रुपमा देखिएपनि अन्तिम परिणाममा उनी पराजित भएका हुन् ।

त्यस्तै सह–सचिवमा अच्युत तिवारीले अत्याधिक मत ल्याएर विजयी भएका छन् । उनले ६ सय ५८ मत प्राप्त गरेका छन् भने अर्का विजेता उम्मेदवार तिलक भूसालले ५ सय १९ मत ल्याएर विजयी भएका छन् । सह सचिवमा विजयी तिवारी भने मल्ल प्यानलबाट विजयी भएका हुन् ।