कांग्रेसको प्रदेश अधिवेशन आजदेखि

368
views

कठमाडौं, १६, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनकोशिलसिलामा आजदेखि प्रदेश अधिवेशन शुरु भएको छ । नेपाली काँग्रेसले प्रदेश २ मा सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन सकेको छैन । बाँकी सबै प्रदेशहरुमा अधिवेशनको उद्घाटन गर्न लागेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातवटै प्रदेशको प्रदेश अधिवेशन उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने काँग्रेस केन्द्रिय निर्वाचन समितले जनाएको छ ।

प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेसले जनाएको छ ।

मुलुक संघीयतामा गएको ६ वर्षपछि कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बनेको हो ।