माओवादी केन्द्र र जनता पार्टीबीच पार्टी एकता गर्न प्रचण्डको आग्रह

1120
views

काठमाडौं, १७, मंसिर । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र अधिवक्ता तलिका रिजाल नेतृत्वको जनता पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता पार्टीका सभापति एवम् देशभक्त मोर्चाका संयोजक तिलक रिजालवीच कार्यगत एकता गर्ने सहमति भएको हो ।

दुवै नेताबीच विहिबार भएको भेटवार्तामा देशको समसामयिक राजनीति परिस्थिति र परिवर्तनको आगामी मार्गचित्रको बारेमा छलफल भएको थियो ।

भेटवार्तामा देशको अत्यन्त संवेदनशील मोडमा पार्टी एकतासम्म गर्न सकिने समझदारी भएको छ । एकताका लागि आवश्यक आधार र गृहकार्य गर्न नेकपा (माओवादी केन्द्र) को तर्फबाट संगठन विभाग प्रमुख जनार्दन शर्मा, केन्द्रीय सदस्य कृष्ण के.सी., अध्यक्षका स्वकिय सचिव रमेश मल्ल र जनता पार्टीको तर्फबाट महामन्त्री चन्द्र सुर्यको संयोजकत्वमा विजय तिमिल्सिना र योगेन्द्र वस्नेतलाई जिम्मा दिइएको शभापति रिजालले जानकारी दिए ।

जनता पार्टीले गत कार्तिकदेखि देशभक्त लोकतान्त्रिक अग्रगामी पार्टीहरुसंग सहकार्य तथा एकतासम्म गर्ने उद्वेश्यले जनता पार्टीले यस अघि नै नेकपा एमाले र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग समेत एकताको लागि छलफल चलाउँदै आएको छ ।