राप्रपामा लिङ्देन दुई सय बढी मतले विजयी

409
views

काठमाण्डौ, १९, मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देनले कमल थापालाई दुईसय मतले पराजित गरेका छन् ।

प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । लिङ्देनले १८ सय १७ मत पाएका छन् भने कमल थापाले १६ सय १७ मत पाएका छन् ।