महामन्त्रीमा रेखा थापा पराजित

746
views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँग पराजित भएकी हुन् ।

अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवार भएकी थापा पराजित भएकी हुन् ।

शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १ हजार ६ सय ४० मत ल्याउँदा शाहीले २ हजार ८ मत ल्याउनु भएको थियो ।