विद्यार्थीलाई आपत विपत कला

331
views

पर्वत । पर्वतको नमुना आवासिय माविले स्काउट विद्यार्थीहरुलाई आपत विपत कला प्रशिक्षण गराएको छ । आवासिय माविले स्काउटमा आबद्ध विद्यार्थीहरुलाई प्रथम नमुना एडभान्चर एण्ड रमाईलो क्याम्प आयोजना गरेको हो ।

स्काउट विद्यार्थीहरुले विपद परेका स्थानमा उद्धार गर्ने तथा आँफु सुरक्षीत बन्ने कला शिकाईएको हो । पर्वतमा रहेको नेपाली सेनाको केवल जङ गुल्मको साहेतामा विद्यार्थीहरुले आपत कला सिकाईएको हो ।

स्काउटमा आबद्ध साठ्ठी जना वालवालिकाहरुलाई सैनीक सुरक्षा कला सिकाइएको हो । एक दिने भ्रमण सहीत विद्यार्थीहरुलाई खाना पकाउने तथा क्यम्प बनाउने आपतमा पर्दा सुरक्षीत रहने र सुरक्षा दिने लगायतका कलाहरु सिकाइएको हो ।

विद्यार्थीहरुलाई युद्धकला अन्त्रगत मंकीक्रल, र डवल डिग लगाएको आकासमा र जमीन मुनिको बंकर अभ्यास सहीत सुरक्षीत रहने विधि सिकाईएको हो । नेपाली सेनाका सविन कार्कीले विद्यार्थीहरुलाई बाधा दौड बाधा, बाधा अभ्यास र मंकी क्रल डोरीबाट भिरी तथा खोला पार गर्ने तरीका प्रशिक्षण गराइएको सविन कार्कीले बताईन् ।

नेपाली सेना र नमुना आवासिय माविको अगुवाईमा कुश्मा नगरपालिका ८ मंगलोदय मावि र गुरुकुल मावि लगायतका स्काउट लिडरहरुले तालिम लिएका हुन । शैक्षिक र किताबी ज्ञानभन्दा मानिस बाँच्न अतिरिक्त कला र ज्ञानको आवश्यता पर्ने भएका कारण वालवालिकाहरुलाई जस्तो सुकै परिस्थीतमा पनि सुरक्षित रहने आत्म विश्वास जनाउन पनि बाधा अध्यास गराइएको विद्यालयका अध्यक्ष याम प्रसाद शर्माले बताए ।

विहानै पिटी रोलकल र प्रार्थाना सहीत विद्यार्थीहरुलाई टोलि विभाजन गराएर प्रशिक्षण गराइएको हो । कक्षा ६ देखी दशसम्मका विद्यार्थीहरुले भाग लिएको बाधा अभ्यासमा ६० विद्यार्थी सहभागि भएका हुन । उमेर अनुसार वाल वालिकाहरुलाई बाँच्नका लागि सीपको पनि विकास गराउनु सकारात्मक भएको अभिभावकहरुले बताएका छन ।

विद्यार्थीहरुलाई शिक्षा सँगै घरयासी काम देखी जिवीको पार्जनका सीपहरुको सिकाउनु सकारात्मक भएको अभिभावक सुवासचन्द्र पौडेलले बताए ।

आपद विपदमा पर्दा आँफुहुरु सुरक्षीत रहेर उद्धार गराउने विधि सिक्न पाउन वालिवालिकाहरु पनि उत्साहित देखिएका थिए । विद्यार्थीहरुलाई क्याम्प आवाससहित दुई दिने प्रशिक्षण गराइएको हो ।