एघारौ पोखरा महोत्सव पुष २८ देखि माघ ९ सम्म

552
views

पोखरा २१, मंसिर । एघारौ पोखरा महोत्सव आगामी पुषको २८ देखी माघको ९ गतेसम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागी विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । कोभिड १९ का अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन ।

सोमबार बसेको क्लवको बैठकले युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति संयोजक रहने गरि ४१ वटा उपसमितिहरु गठन गरेको छ । जस अन्तर्गत कार्य सम्पादन उपसमिति संयोजकमा क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अतिथी ब्यवस्थापन उपसमितिको संयोजकमा क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, संघ संस्था ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजकमा क्लवका प्रथम उपाध्यक्ष लोक बहादुर थापा, सचिवालय उपसमिति संयोजकमा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना, प्रचार प्रसार उपसमिति संयोजकमा क्लवका महासचिव शान्त बहादुर थापा, अर्थ ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका कोषाध्यक्ष सूर्य बहादुर बानिया, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सचिव दिनेश सुनार, स्टल ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सह कोषाध्यक्ष पूर्णकला पोख्रेल, खाजा खाना ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य सीमा गुरुङ, बाल उद्यान उपसमिति संयोजकमा क्लवका सदस्य सन्तोष कार्की, ब्यानर ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य जयराम आचार्य, अवार्ड तथा मायाको चिनो ब्यवस्थापन संयोजकमा क्लवका सदस्य दिवानी सुवेदी, मुलद्धार ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य बिष्णु कुमार गुरुङ, टिकट ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य पूर्ण कुमार श्रेष्ठ, अतिथि सत्कार संयोजकमा क्लवका सदस्य चन्द्रा कुमारी पराज्ुली, स्वयंसेवक परिचालनमा क्लवका सदस्य शिव थापा लाई चयन गरिएको छ ।

त्यसैगरी बीमा ब्यवस्थापन समिति संयोजकमा क्लवका सल्लाहकार राजेन्द्र बहादुर थापा, मुल्याङ्कन उपसमिति संयोजकमा क्लवका सल्लाहकार शुसिलराज पराजुली, अनुगमन उपसमिति संयोजकमा क्लवका सल्लाहकार सम्मर बहादुर श्रेष्ठ, यातायात ब्यवस्थापनमा क्लवका सल्लाहकार श्याम कृष्ण श्रेष्ठ, झाकी तथा ¥यालीमा क्लवका सल्लाहकार पवित्रादेवी गुरुङ, प्रायोजक ब्यवस्थापनमा क्लवका सल्लाहकार लिल बहादुर जिसी, विद्यालय समन्वयमा क्लवका सल्लाहकार लिलाधर अधिकारी पर्यटन प्रवद्र्धनमा गोपाल गुरुङ, सरसफाईमा बिजय कार्की, खानेपानीमा अमर खतिवडा, स्वास्थ्यमा नरहरी पनेरु, ट्राफिक ब्यवस्थापनमा कृष्ण बहादुर थापा मगर, मञ्च ब्यवस्थापनमा शान्ति सुवेदी, हस्तकलामा सविता श्रेष्ठ रन्जित, फोटो तथा भिडियोमा नविन कुमार श्रेष्ठ, विधुतिय सुरक्षामा राजेन्द्र तिवारी, पार्किङ ब्यवस्थापनमा उमेश थापा मगर, विधुत ब्यवस्थापनमा हरि श्रेष्ठ, प्रकाशन तथा मुद्रणमा सावित्री थापा,स्मारक निर्माणमा रिम बहादुर क्षेत्री, पृष्ठपोषणमा राम बहादुर थापा, मिडिया कोअडिनेटरमा गिता राना र कार्यालय सचिवमा रेजीना खत्री रहेका छन ।

त्यसैगरी महोत्सवको सल्लाहकारहरुमा विश्वप्रकाश लामिछाने, क्याप्टेन फत्ते बहादुर गुरुङ, तीर्थलाल श्रेष्ठ, मेजर हितमान गुरुङ, प्रेम छिरी शेर्पा, गोविन्द घिमिरे, मुक्षेत्र गुरुङ, सेती थापा, रमेश बहादुर कार्की, पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्की, पोखरा २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, पोखरा १० का वडाअध्यक्ष राज कुमार गुरुङ, पोखरा ३१ का वडा अध्यक्ष कमल बहादुर थापा, पोखरा १३ का वडा अध्यक्ष लेख बहादुर तामाङ (दर्शन लामा), पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेल, पोखरा १४ का वडा अध्यक्ष प्रेम बहादुर कार्की, पोखरा ११ का अध्यक्ष मोहन बास्तोला रहेका छन ।

त्यसैगरी भरत केसी, निलकण्ठ पोख्रेल (निश्चल), शंकरनाथ पौडेल, दया बराल, तेज बहादुर गुरुङ, राजेन्द्र बहादुर कार्की, शिव बहादुर वराल, राम बहादुर गुरुङ, जस बहादुर गुरुङ, कृष्ण बहादुर थापा, कृष्ण कुमारी थापा, गोमा पौडेल र मीन गुरुङलाई समेत सल्लाहकारमा चयन गरिएको छ ।