रेश जीप दुर्घटनामा १ को मृत्यु, ६ घाईते

564
views

नवदृष्टि संवाददाता
पर्वत, २२ असार । बागलुङको काठेखोला गाउँपालिका–७ रेश जिरेदीमा जीप दुर्घटना हुँदा १ जना बच्चाको ज्यान गएको छ । दुर्घटनामा अन्दाजी ८ बर्षको बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए ।
उनले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनामा चालक सहित ६ जना यात्रु घाईते छन् । रेशबाट बागलुङ बजार आउँदै गरेको ध १ ज १८८ नम्बरको जीप दुर्घटनामा परेको हो ।
घाईतेको उद्धारपछि उपचारका लागि बागलुङ बजार तर्फ ल्याउँदै गरिएको जानकारी प्राप्त भएको छ । दुर्घटनामा परेका यात्रुको स्थानीयले तत्काल उद्धार गरेका थिए । अहिले प्रहरी टोली पनि घटना स्थाल पुगेको छ । साविकको रेश गाविस वडा नम्बर–९ मा दुर्घटना भएको हो । जीप सडकबाट तल खसेको छ ।