कतारले राख्यो नेपालसहित ५४ देशलाई रातो सूचीमा

852
views

काठमाडौं, २४, पुस । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमितको संख्या बढेपछि कतार सरकारले नेपाललाई रातो सूचीमा राखेको छ । कतारले ओमिक्रोनको संक्रमण उच्च देखिएका नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको हो ।

कतार सरकारले ओमिक्रोन देखिएका देशबाट प्रवेश गर्ने नागरिकलाई नयाँ स्वास्थ्य मापदण्ड लागू गर्दै कतार उड्नुपूर्व ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट नभएका र कोरोनाविरुद्धको खोप नलागएकालाई प्रवेशमा निषेध लगाएको छ ।

यसैगरी रातो सूचीमा परेका देशबाट कतारमा पुुगेका नागरिकलाई अनिवार्य दु्ई दिन होटल क्वारेन्टाइनमा बस्नुुपर्ने व्यवस्था गरेको छ । कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार भित्रिने यात्रुका लागि परिवर्तित सूचीअनुरूप कोरोना नियन्त्रण मापदण्ड शनिबारदेखि लागू हुनेछ । गोरखापत्रमा खबर छ ।