कांग्रेस संसदीय दलको बैठक : प्रधानन्यायाधीशको महाअभियोग प्रस्ताव र एमसीसीबारे छलफल

303
views

काठमाण्डौ, ३, फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आज बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो ।

बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावबारे छलफल हुने मुख्य एजेण्डा छ । कांग्रेससहित ९८ सांसदले आइतवार प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव पेस गरेका थिए ।

महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ सांसदको आवश्यकता पर्छ ।

त्यस्तै बैठकमा एमसीसीका बारेमा पनि छलफल हुनेछ । सरकारले भोलि बस्ने संसद् बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा संसदबाट एमसीसी सजिलै पास हुनेमा ढुक्क हुनुहुन्छ । हिजो बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीलाई सदनमा पेस गरी वारपार गर्नुपर्नेमा जोड दिनुभएको थियो । उज्यालो अनलाईबाट