एमसिसि कुनै पनि हालतमा स्वीकार्य छैन : नेता सुनार

572
views

सुर्खेत । नेकपा मओवादी दैलेख जिल्ला कमिटि सदस्य नेता तिर्थ सुनारले एमसिसि कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

हामीलाई कुनै पनि हालतमा एमसिसि स्वीकार्य नभएको उनी बताउँछन् । उनी भन्छन्,‘यदि एमसिसि पास गर्न खोजिएको खण्डमा सडकदेखि सदनसम्म आगो बाल्ने चेतावनी दिए ।

‘संविधानसँग बाझिने गरी कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने र त्यस्तो अर्थ दिने विदेशी सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन,’ उनले भने, ‘नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ । नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्र राष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौं ।’