स्थानीय तहसम्म चल्यो सत्ता गठबन्धनको तालमेल

448
views

पर्वत, २२, चैत्र । सत्ता गठबन्धनमा रहेका पाँच दलबीच स्थानीय तहको तल्लो इकाईसम्म तालमेलको पहल चलेको छ । केन्द्रबाट गठबन्धनका दलले तालमेल गर्ने निर्णय गरेपछि जिल्ला, पालिका र वडा तहसम्म तालमेलको खाका तयार गर्न कार्यदल नै बनाउन थालिएको छ ।

पर्वत, बाग्लुङ र म्याग्दी जिल्लामा पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेलको निर्णय गरेका छन् । उनीहरु कार्यदल बनाएर दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न लागिपरेका छन् ।

विभिन्न जिल्लामा तालमेलका लागि पहल चलिसकेको छ । गठबन्धनका दलहरुबीच महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका विभिन्न पदहरुमा आवश्यकता अनुसार भागवण्डाको तयारी समेत चलिसकेको छ ।