आईपीएल क्रिकेटमा गुजरातको पहिलो हार

685
views

काठमाण्डौ, २९, चैत्र । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले पहिलो हार बेहोरेको छ । गएराति भएको खेलमा गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।

मुम्बईमा १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय पारी खेले ।

गुजरातका हार्दिक पाण्डेय र राशिद खानले एक÷एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो । उसका हार्दिक पाण्डेयले ५० रनको अविजित अर्धशतकीय पारी खेले ।

हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान दुई÷दुई विकेट लिए । यसअघिका तीन खेलमा गुजरातले लगातार जित निकालेको थियो । गुजरात ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ हैदराबाद ४ खेलमा दुई जितसहित चार अङ्कका साथ आठौँ स्थानमा छ ।