दुइनम्बर वडा अध्यक्ष पदमा सुर्य थापाको उम्मेदवारी

573
views

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ठाटीकाँध गाउँपालिका -२ को वडा अध्यक्ष पदमा सुर्य थापाले उम्मेद्धारी दर्ता गराएका छन् ।

पछिल्लो समय युवाहरुमाझ लोकप्रिय बनेका थापाले नेकपा(माओवादी)केन्द्र बाट  बाट ठाटीकाँध गाउँपालिका वडा नम्बर -२ बाट वडा अध्यक्ष पदमा सोमवार उम्मेदवारी दर्ता गरेका हुन् ।

आफुले वडा अध्यक्ष जितेको खण्डमा सामन्ती शासकहरुका विरुद्धको लडाइमा थप सफल्ता मिल्ने र वडाको विकासमा रातदिन नभनेर लाग्ने बताए ।

अहिले पनि सामन्ती शासकहरु हाबी भएका बेला समयमै सबैजना सचेत हुन आवश्यक छ,’उनले भने, ‘सामन्ती शासकहरुको व्यवहार जनताले नबुझेको होइन यहाँभन्दा पहिलेका दिनहरुमा, त्यसैले यो पटक सचेत भएर आफ्नो भोटको सही सदुपयोग गर्दै सही मान्छेलाई चुन्नुहोला । सामन्ती शासकहरुको अन्त्य गर्दै समुन्नत स्वच्छ वडाको निर्माण गर्ने परिकल्पनामा तपाइहरु सबै वडावासीको साथसर्पोट आवश्यक छ ।’