पर्यटन क्षेत्रको विकासका लागि फुलबारी रिसोर्ट सञ्चालन गर्न पहल गर्छु-आचार्य

278
views

पोखरा, २०, वैशाख । गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार धनराज आचार्यले लामो समयदेखी बन्द रहेको फुलबारी रिसोर्ट संचालनका लागि पहल गर्ने बताएका छन् ।

रिसोर्ट बन्द भएपछि कयौंको रोजगारी गुम्नुका साथै पर्यटनमासमेत नकारात्मक प्रभाव पारेकाले यसको सञ्चालनका लागि आफू मेयर भएलगत्तैदेखि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने,‘रिसोर्ट सञ्चालनका लागि म पहलकदमी लिन्छु । यसबाट मजदुरले गुमाएको रोजगारी फिर्ता गर्दै पर्यटनमा पनि सकारात्मक प्रभाव पार्ने वातावरण निर्माण गर्छु ।’

पोखरामा रहेको पाच तारे होटल लामो समय बन्द रहँदा सुविधा खोज्ने पर्यटक र तारे होटल नै रोज्ने पर्यटकहरुलाई समस्यामा परेको उनको भनाई थियो । पर्यटकहरुका लागि पनि महत्वपूणर् रिसोर्टमा काम गर्ने कामदारहरुको राजगारीको सुनिश्चितासँगै पाहुनाहरुको स्वागत योग्य बनाउने उनको भनाई थियो ।

पोखरा १५ मा मंगलबार विहान घरदैलो गर्दै उनले विवादका कारण समस्यामा परेर फुलबारी रिसोर्ट बन्द हुँदा आर्थिक रुपमा पोखराले घाटा बेहोरेको उनले बताए । उनले पोखरा अन्तराष्ट्रिय बजारसँग जोडिदै गर्दा यस्ता प्रकारका पुर्वाधारहरु पुनः संचालनको विकल्प नभएको बताए । साथै उनले नेपाल भारतको सम्बन्धको रुपमा रहेको पेन्सन क्याम्पको थप विकासका लागि पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।

पोखरा महानगरपालिका उपमेयरका उम्मेदवार कोपिला रानाभाटले पोखरा महानगरलाई महिलामैत्री बनाउने बताएकी छिन् । उनले घरदैलौ कार्यक्रममा महानगरलाई महिलामैत्री बनाउने प्रतिवद्धता जनाइन् । महिलाको हकहितका लागि विकासका आधारभुत तत्वको समेत सुधार ल्याउने उनले बताईन् ।

विषेशगरी उपमयेरको काम न्यायीक समिती र पुर्वाधार संरचना अनुगमन भएपनि मेयरसँग मिलेर पोखराको विकास र समृद्धिका लागि योजनाबद्ध ढंगले काम गर्ने उनले बताईन् । महिलाको क्षमता अभिवृद्धि, हक अधिकारका लागि त्यही अनुसारको कार्यक्रम ल्याउने उनले बताइन् । राष्ट्रियताको सवालमा भिन्न विचार भएपनी एक ठाउँमा उभिएको र गठबन्धन अझै चल्नुपर्ने बताइन् । वडामा गठबन्धन गरेका कारण जित सुनिश्चित रहेको उनको दाबी छ । उनले यो समय गठबन्धनको अस्तित्व जोगाउने बेला रहेको र सबैले इमानदार पुर्वक भुमिका बनाउनुपर्ने बताइन् ।

घर दैलो कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष मीनबहादुर गिरीले पाँच वर्ष बुद्धि बंगरा दाते किराले खाएकाले अब उपचार गर्नु पर्ने समय आएको बताए । ५ वर्षसम्म कुनै पनि काम नगर्नेहरुलाई मतदाताहरुले मत मार्फत उपचार गर्नुपर्ने धारणा राखे ।

मेयर उपमेयरसँगै पोखरा १५ वडा अध्यक्षमा कांग्रेसका मीनबहादुर गिरी , वडासदस्यमा नरेश थापा (जसपा), महेश बानिया (माओवादी), माया शर्मा (नेकपा, एस) र लक्ष्मी परियार (माओवादी) रहेका छन् ।