आईपीएल क्रिकेटमा दिल्लीसँग हैदराबाद पराजित

432
views

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्ससँग सनराइजर्स हैदराबाद पराजित भएको छ । मुम्बईमा गएराति भएको खेलमा दिल्लीसँग हैदराबाद २१ रनले पराजित भयो ।

दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो ।

हैदराबादका निकोलस पुरनले ६२ रनको अर्धशतकीय पारी खेले । एडिन मार्क्रमले ४२ रन जोडे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । दिल्लीका डेभिड वार्नर र रोभम्यान पावेलले अर्धशतकीय पारी खेले ।

वार्नरले अविजित ९२ रन तथा पावेलले ६७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले १÷१ विकेट लिए । जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ । दिल्लीले १० खेलमा १० अङ्क जोडेको छ । समान खेलमा हैदराबाद १० अङ्कका साथ छैटौँ स्थानमा छ ।