भोट हाल्न मतदाताहरु लाइनमा, उम्मेदवारले पनि मतदान गर्दै

577
views

पर्वत, ३० वैशाख । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाताहरु त्योभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेका छन् ।

आज बिहानको समयमा मौसम सफा देखिएकाले यही मौकामा छिटै मतदान सक्ने र नियमित काममा फर्किनका लागि छिट्टै आएर लाइनमा बसेको मतदाताहरुले बताएका छन् ।