रोहिणी नदीमा बस खस्यो, ९ जनाको मृत्यु

487
views

भैरहवा, २२, जेठ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस रुपन्देहीहको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ ।

बसमा ३३ जना सवार रहेको जनाइएको छ । गाउँपालिका–४ र ओमसतिया गाउँपालिका–४ को सीमामा रोहिणी नदीमा खसेको हो ।

घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको छ । उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।