दलीय आडमा पर्वत अस्पतालका सटर हडप्दा भाडा उठाउनै मुश्किल

562
views

महेन्द्र जिसी, ३१ , जेष्ठ पर्वत ।
जिल्ला अस्पताल पर्वत हाता भित्र बनेका व्यापारी सटर राजनीतीक आडमा प्रयोग गर्दा समस्या भएको छ । राजनीतीक शक्तिका आडमा व्यापारीहरुले आँफु खुशी सटर प्रयोग गरी भाडा नतिर्दा समस्या भएको हो । विना सम्झौता व्यापार गरी वसेका व्यापारीहरुले डेढ देखी दुई वर्ष सम्मको भाडा नतिर्दा समस्या भएको अस्पताल प्रशासनले जनाएको हो । भाडामा वसेका व्यापारीहरुले विजुली पानीको समेत दुरुपयोग गरेर प्रयोग गर्ने गरेका छन । प्रथम किराना पसल सञ्चालक युवा संघ पर्वतका पुर्व अध्यक्षले राजनीतिक आडमा विना सम्झौता अस्पताल हातामा व्यापार गरेर भाडा नतिर्दा खर्च व्यवस्थापन गर्न समस्या भएको अध्यक्ष शंकर गिरीले बताए ।

विगतका व्यवस्थापन समीतीको राजनीतिक आडमा सम्झौता विना बसेका व्यापारीहरुले अस्पतालकै विजुली पानीको प्रयोग गरेर व्यवसाय सञ्चालन गरीरहेको भएपनि डेढ वर्ष यताको भाडा नतिरेको अस्पताल व्यवस्थापन समितीले जनाएको हो । अस्पतालकै विजुली उपयोग गरेर मिल लगायतका विद्युतीय उपकरण प्रयोग गर्दा विद्दुतको बकौता समेत तिर्न नसकिएको अस्पताल प्रशासनले जनाएको छ । नयाँ भवन बनेपछि अस्पतालले केही टहरा बनाएर व्यापारीक प्रयोजनको लागि भाडामा लगाउने तयारी गरेको छ । तर बनेका सटरहरु राजनीतीक शक्तिका आडमा व्यपारीहरुले आँफु खुशी विना सम्झौता भाडा नै नतिरी व्यापार गर्दा अस्पताल व्यवस्थापनको खर्च व्यवस्थापन गर्न समस्या हुने गरेको पर्वत अस्पतालले वताएको छ ।