अफगानिस्तानमा भूकम्प जाँदा २ सय ५० जनाको मृत्यु

500
views

असार , ८ ,काठमाडौं । अफगानिस्तानमा भूकम्पमा परी २५० जनाको मृत्यु भएको छ । यस्तै धेरैमानिस घाइते भएका छन् ।बुधबार बिहान आएको ६.१ म्याग्निट्युडको भूकम्पले सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ । यस प्रान्तमा ठूलो संख्यामा घर क्षतिग्रस्त भएका छन् ।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन् । ती तस्बिरहरू पक्तिका प्रान्तका हुन् ।

एक स्थानीय अधिकारीले बीबीसीलाई २ सय ५० जनाभन्दा बढीको ज्यान गएको र त्यो संख्या अझै बढ्न सक्ने बताएका छन् । १ सय ५० जनाभन्दा बढी घाइते भएको विवरण आएको छ ।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ । मध्यरातपछि भूकम्प आउँदा धेरै मानिसहरू सुतिरहेका थिए ।

अफगान सरकारले उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन दाताहरूलाई अनुरोध गरेको छ ।