अन्तर्राष्ट्रिय क्रिकेटर महासंघको अध्यक्षमा स्थालेकर

499
views

असार ८, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटर महासंघ फिका को अध्यक्षमा अस्ट्रेलियाकी पूर्व महिला क्रिकेटर लिसा स्थालेकर नियुक्त भएकी छन् ।

स्वीट्जरल्याण्डको नियोनमा बसेको फिका कार्यकारी समितिको बैठकले ४२ वर्षीय स्थालेकरको नाम अनुमोदन गरेको हो ।

लिसा फिकाको पहिलो महिला अध्यक्ष हुन् । लिसाभन्दा अगाडि दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान ब्यारी रिचर्ड्स, वेस्ट इन्डिजका पूर्वअलराउन्डर जिमी एडम्स र इङ्ल्यान्डका पूर्वब्याट्सम्यान विक्रम सोलंकीले यो पद सम्हालिसकेका छन् ।

अध्यक्ष बनेपछि लिसाले खुशी व्यक्त गर्दै क्रिकेट खेल नयाँ युगमा प्रवेश गरिरहेको प्रतिक्रिया दिएकी छिन् ।

लिसाले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा अस्ट्रेलियाका लागि १८७ खेल खेलेकी छन् । उनी एकदिवसीय क्रिकेटमा हजार रन बनाउने र सय विकेट लिने पहिलो महिला क्रिकेटर थिइन् ।