बारा, पर्साका धेरै ठाउँमा भिषण वर्षा, सतर्कता अपनाउन आग्रह

721
views

काठमाण्डौं, १२, साउन । बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साका धेरै ठाउँमा ठूलो पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा यी क्षेत्रमा ठूलो वर्षा भएको छ भने फेरि ठूलो वर्षा हुने सम्भावना रहेकाले बाढी र डुबानको जोखिम छ ।

महाशाखाले पसाहा खोला, दुधौरा खोलालगायत यी क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै होचा ठाउँमा आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।