साफ यू–१७ च्याम्पियनसिप: उपाधिका लागि नेपाल र भारत भिड्दै

276
views

काठमाण्डौं, २९, भदौ । श्रीलंकामा भइरहेको साफ यू–१७ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् ।

कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथ श्रीलंका पुगेको छ ।

नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई ६–० ले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको हो । यस्तै भारतले पहिलो सेमिफाइनलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।

नेपालले समूह चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।