पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, एक जना घाइते

391
views

काभ्रे, ३०, भदौ । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाले गुमाएका छन् । उक्त पहिरोमा एक जना घाइते भएका छन् ।

बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते हुनुभएको छ । उहाँको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ ।