नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरण गर्ने

764
views

काठमाडौँ, ३१, भदौ । नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क ई–सिम (इम्बेडेड सिमकार्ड) वितरण गर्ने भएको छ ।

हाल ‘फिजिकल सिम’ प्रयोग गरिरहेका टेलिकमका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक (इम्बेडेड) सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा समेत प्रयोग गर्न सकिन्छ ।