१५ वर्षमुनिको नेपाली फुटबल टोली आज बङ्लादेश जाँदै

539
views

काठमाण्डौ, १२, कार्तिक । १५ वर्षमुनिको नेपाली महिला फुटबल टोली आज बङ्लादेश जाँदैछ । बङ्लादेशमा हुने १५ वर्षमुनिको साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज त्यसतर्फ जान लागेको हो ।

टोलीलाई हिजो बिदाइ गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले खेलाडीहरुलाई बिदाइ गरेका हुन् । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप कार्तिक १५ गतेदेखि २५ गतेसम्म बङ्लादेशमा हुँदैछ ।

च्याम्पियनसिपमा घरेलुटोली बङ्लादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ । डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले कार्तिक १७ गते भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्नेछ ।