आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

406
views

काठमाडौं, १८, कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आज शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाताले सही तरिकाले मतदान गरुन् सिकाउन मतदाता कार्यक्रम सुरु गरिएको हो ।

देशका ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने निर्वाचन आयोगले जनाएको छ ।

‘देशका ६ हजार ७४३ वडामा सोही संख्यामा स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ, स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १८ कात्तिकदेखि १ मंसिरसम्म आयोजना हुनेछ ।